Friday May 10, 2024
BS 2081 Baishak 28
Nepal:
Australia (AEST):

New to Australia?

Are you a newbie to Australia. Click here to know more about Studying in Australia, About living here, getting your first job and planning for Permanent residency.

Guide to OZ Jobs/Rooms listings

यमबुद्धको शव काठमाडौं ल्याइयो

Jan 29, 2017 under Entertainment & Fashion 305

चर्चित र्‍याप गायक यमबुद्धको शव शनिबार काठमाडौं ल्याइएको छ। युवा पुस्तामाझ निक्‍कै लोकप्रिय भएका गायक यमबुद्धले लण्डनमा आत्महत्या गरेका थिए।

यमबुद्धको शव शनिबार दिउँसो ४ बजे इत्तिहाद एयरलाईन्सबाट काठमाडौं ल्याइएको हो। आत्महत्या गरेको दुई हप्तापछि उनको शव काठमाडौं ल्याइएको हो।

शव त्रिभुवन विमानस्थलहुँदै कमलादीस्थित प्रज्ञाभवनमा लगिने र आजै उनको पार्थिव शरीरलाई प्रज्ञाभवनमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने परिवारले जनाएको छ। साथै अन्तिम श्रद्धाञ्जली दिईसकेपछि उनको शनिबारै साँझ पशुपतिस्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिनेछ।

यमबुद्धको वास्तकवि नाम अनिल अधिकारी हो। वि.सं २०४४ साल जेठ १६ गते जन्मिएका यमबुद्ध २०७३ साल माघ १ गते २९ वर्षकै कलिलो उमेरमा संसारबाट विदा भएका थिए।

 

 

 

No news.
Australian Dollar to Nepalese Rs